सामाजिक संजाल मार्फत उहाले भन्नु भएको छ :
बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र उहाँका ६१ वर्षीय बाबुसमेत जीवित नरहेको घटनाले मर्माहत बनाएको छ। उहाँहरुको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। न्यायिक-प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रुपमा म माफी चाहन्छु। र, यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न माननीय गृहमन्त्रीज्यूलाई निर्देशन दिएकी छु। नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य होइन। न्यायको मार्गमा सबै पक्षले सहजीकरण गरौँ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय








