• तीज कार्यक्रम स्थगित गरी Valley Hospital द्वारा राहत कोषमा रु. १ लाख सहयोग

  • काठमाडौं । Valley Hospital Pvt. Ltd. ले यस वर्ष संस्थामा कार्यरत महिला कर्मचारीहरूका लागि आयोजना गर्न लागिएको तीज कार्यक्रम स्थगित गरी सो कार्यक्रमका लागि छुट्याइएको रकममा अस्पतालको तर्फबाट थप रकम समेत गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

    रसुवा, नुवाकोट तथा त्रिसुलिमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएकाले तीजको दरखाने कार्यक्रमका लागि छुट्याइएको रकमलाई यसपटक मानवीय सेवामा समर्पित गरिएको हो।

    Valley Hospital ले उक्त सहयोगबाट विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापना कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    “उत्सवभन्दा मानवीय सेवा ठूलो” भन्ने भावनाका साथ गरिएको यस पहललाई अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय