प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । सभामुख अग्नी सापकोटाले विशेष कारण देखाउदै बैठक स्थगित गरेका छन् ।
आइतवार १ बजेका लागि बोलाइएको बैठक २२ गते बिहीवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बैठक स्थगित भएको जानकारी संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत दिएका छन् ।
संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन जारी रहेकाले सभामुखले बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय








