नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति गरेको छ। कमल थापा नेतृत्वको राप्रपाका उम्मेदवारले सूर्य चिह्नबाट लड्ने गरी एमालेसँग ५ बुँदे सहमति भएको हो।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा गठबन्धनको हस्ताक्षर गरेका छन्।
एमाले र राप्रपाबीच देशभरि तालमेल सम्भव भएसम्मका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरूलाई सघाउने सहमति बनेको छ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय








