मोरङको लेटाङमा कर्फ्यु लगाइएको छ। स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा एक महिला प्रहरी जवानको मृत्यु भएपछि स्थिती सामान्य बनाउन यस्तो गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर सोमबार बिहान ७ बजेदेखि कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनिश्चितकालीन कर्फ्यु लगाइएको बताए।
लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो।
आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्।
घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।








