• प्रधानमन्त्रीसँग सुधन गुरुङको भेट

  • सम्माननीय प्रधानमन्त्रीज्यूसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेट गर्नुभएको छ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभयो।
    जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो।
    यस्तै उहाँले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गर्नुभयो।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस