
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने विघटित प्रतिनिधिसभामा सदस्यले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका ६५ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका हुन् । कांग्रेसको विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दल स्रोतले भन्यो, सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् । हस्ताक्षरसहित भोलि सर्वोच्च जाने तयारी कांग्रेसले गरेको एक निवर्तमान सांसदले नेपाल सवाललाई जानकारी दिए ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।








