• अर्घखाची पुगेर गगन भन्छन् : निर्वाचनपछिको ५ वर्ष कांग्रेसको सरकार

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने बताएका छन् । कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको भन्दै अब बहुमतको कदर कसरी गर्ने कांग्रेसले सिकाउने बताए ।
    अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको प्रतिवद्धता छ ।

    थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताए ।
    गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ ।
    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको बताए ।

    ‘२०६४ मा माओवादी ठूलो दल हुँदा पनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्’ थापाले भने ‘ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस