हजारौँ भक्तजनले यसपालि साउनमा पशुपतिनाथ दर्शन गर्न पाएका छैनन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द छ ।

दर्शनार्थी भक्तजनहरूको घुइँचो हुने साउन महिनामा हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिथानको मन्दिर रहेको पवित्र पाशुपत क्षेत्र यस वर्ष सुनसान छ ।

लकडाउनपछि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बन्द छन् । थोरै संख्यामा पशुपतिनाथ पुग्ने भक्तजनहरू बाहिरी प्रवेशद्वारबाटै फर्किने गरेका छन् । लकडाउन भएपछि नित्य पूजामात्र हुने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *