काठमाडौं । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ ।

बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गरेका हुन् । ट्वीटमा उनले आफूमा कोरोना संक्रमण पोजेटिभ पाइएको र अस्पतालमा भर्ना भएको तथा परिवारका सदस्यमा पनि परीक्षण भई रिजल्ट आउन बाँकी रहेको उल्लेख गरेका छन् । तर उहाँका छोरोअ अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको जानकारी दिएका छन् । ।

उनिहरु दुबैजनालाई मुम्बइको नानाभिटा अस्पताल लगिएको छ र अभिषेकले अभिताभ र उनमा सामान्य खालको लक्षण देखिएको जनाएका छन् । अमिताभले उनिसँग दश दिन अघिसम्म निकट रहेका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *