कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने संक्रमित बढिरहेका छन्।

लकडाउन खुकुलो भएसँगै मानिसको चहलपहल बढेको छ। विभिन्न सेवा प्रदायक कार्यालयहरु समेत खुलिसकेका छन्।

यस्तो अवस्थामा सरकारले लकडाउनपछिको नवसामान्यीकरण मापदण्ड ल्याई सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न भनेको छ। तर पछिल्लो समय कार्यालयहरुमा देखिएको मानिसको भीडले माथि उल्लेखित नियम पालना गरेको निकै कम पाईएको छ ।

सरकारले समुदायमा कोरोना भाइरसको स्थिति पत्ता लगाउन र समुदायमा संक्रमण छ कि छैन भनेर हेर्न देशभर ४५ हजार मानिसकोे पिसिआर परीक्षण गर्ने भएको छ।

त्यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरको टिमले देशभरबाट नमुना संकलन गर्ने बताइएको छ।

सोही अनुसार महाशाखाले उपत्यकामा बिहीबारदेखि स्वाबको नमुना संकलन कार्य सुरु गरिसकेको छ।

देशभर कोरोनाको स्थिति पत्ता लगाउन, कोरोना समुदायमा गए÷नगएको अध्ययन गर्न धेरै मानिसको भीडभाड हुने अस्पताल, बैंक, यातायात कार्यालयका कर्मचारी, सेवाग्राही र अन्य सर्वसाधारण गरी ४५ हजारको नमुना संकलन हुनेछ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे समुदायमा कोरोना छ कि छैन भनेर मानिसको भीडभाड धेरै हुने स्थानबाट पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने बताउँछन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *