फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले दोश्रो साताको शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्शन सार्वजनिक गरेका हुन् । वितरक शाहीका अनुसार, चलचित्रले काठमाण्डौमा २ करोड १० लाख ३ हजार र काठमाण्डौ बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको छ । चलचित्रले देशभरबाट दोश्रो साताको शनिबारसम्म ४ करोड ८ लाख कलेक्शन गरेको वितरक शाहीले जानकारी दिए ।

कलाकार सितारामले भने–‘मोटामोटी लगानी सुरक्षित भएको अवस्था छ । चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो । जसमा ओभरसिज हामीले १ करोड १५ लाखमा विक्री गरेका थियौ भने ४५ लाख यसको डिजिटल राइट्स थियो ।’ सितारामले चलचित्रको समिक्षाको बिषयमा भने–‘समिक्षकहरुले लेखेको कुरामा मेरो असन्तुष्टी होइन । सुरुवातका २ दिनपछि दोधारका कारण चलचित्र हेर्न दर्शकको फ्लो कम भएको थियो । तर, अहिले दर्शक बढ्नुभएको छ ।’ चलचित्रले नेपालबाट लगानी उठाउन अझै ४ करोडको हारहारीमा व्यापार गर्नुपर्नेछ । सितारामले भने–‘हामीले निकै राम्रो चलचित्र बनेको थियो भनेका पनि छैनौ र म पनि यो भन्दिन ।

हामीले निकै प्रेसरमा चलचित्र बनाएका थियौ । यसैले पनि कती कमजोरी थिए होलान् । हामी कतै चुकेका थियौं ।’ रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा सितारामको साथमा कुञ्जना घिमिरे, दयाहाङ राइको मुख्य भूमिका छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *