झरना थापाको निर्देशन रहने फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । कार्यक्रममा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत फिल्मका प्राविधिकहरुको समेत उपस्थिति रहेको थियो । फिल्मको छायाँकन काठमाडौं, ललितपुर र पोखरमा हुनेछ । प्रेमकथामा बन्न लागेको फिल्म आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माण युनिटको रहेको छ । अनमोल र सुहानाले यस अगाडि ‘ए मेरो हजुर ३’ अभिनय गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *