काठमाडाैँ । पोर्तुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ आयोजना गरिने भएको छ। नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र बिप्लप खड्काले विशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो।
आयोजकका अनुसार पोर्तुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक साँझ आयोजना गर्न लागिएको हो। कार्यक्रममा गायक सापकोटा र खड्कासँगै पोर्तुगलमै रहेका नेपाली गायक–गायिकाहरूको पनि प्रस्तुति रहने जानकारी दिइएको छ।

गायक अर्जुन सापकोटाले गाएका ‘झलिको’, ‘पछ्यौरी लिसियो’ र ‘बस्यौ अलक्कै’ जस्ता गीतहरू नेपाली श्रोतामाझ निकै लोकप्रिय छन्। यस्तै, नेपाली गायन रियालिटी शो नेपाली ताराबाट चर्चामा आएका गायक बिप्लप खड्काको प्रस्तुति पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
पोर्तुगलमा रहेका नेपाली समुदायबिच नयाँ वर्षको अवसरमा आपसी भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

