काठमाडौँ । नेपाल स्काउट प्रतिभिम्ब स्काउट ट्रुपको आयोजनामा यही माघ २४ गते सम्पन्न उपत्यकाव्यापी प्रथम अन्तर ट्रुप सर्वधर्म सभा भव्य रूपमा सम्पन्न भएको छ। कलंकीस्थित एलआरआई स्कुलको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव स्व.चन्द्र देवलाल कौशिकको स्मृतिमा आयोजना गरिएको हो।
कार्यक्रमको उद्देश्य धार्मिक सहिष्णुता,आपसी सद्भाव तथा सामाजिक एकताको सन्देश प्रवाह गर्नु रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री तथा नेपाल स्काउट बागमती प्रदेश स्काउटकी प्रमुख स्काउट माननीय उर्मिला नेपाल के.सी. रहनु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेशकी संसद सदस्य माननीय समिता खड्गी, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त महेन्द्र राज रञ्जित तथा पूर्व राष्ट्रिय तदर्थ समितिका सदस्य निनु कर्णको उपस्थिति रहेको थियो।
त्यसैगरी विशेष अतिथिहरूमा एलआरआई स्कुलका प्रिन्सिपल बादल प्रधान, संचालक यशोधरा पन्त तथा नेपाल स्काउटका पूर्व राष्ट्रिय तदर्थ समितिका सदस्य पुण्यराम गोथेको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न धर्मका प्रतिनिधिहरूबाट धार्मिक सद्भाव, मानवता तथा सहअस्तित्वमा केन्द्रित सन्देशमूलक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।
उक्त प्रतियोगितामा भक्तपुर, काठमाडौं र ललितपुर जिल्लाबाट २४ वटा स्काउट ट्रुपहरूको सहभागिता रहेको थियो। सहभागी ट्रुपहरूमध्ये मैत्री स्काउट ट्रुप, काठमाडौंले प्रथम स्थान हासिल गरेको थियो भने हिमालयन स्काउट ट्रुप, ललितपुरले दोस्रो र माहामञ्जुश्री स्काउट ट्रुप, काठमाडौंले तेस्रो स्थान प्राप्त गरेका थिए।
कार्यक्रमका संयोजक छोइसाङ् तमाङले नेपाल स्काउट प्रतिभिम्ब स्काउट क्र्यूद्वारा आगामी दिनहरूमा पनि यस्ता समाज उपयोगी मूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

