• जाडोमा विद्यार्थीलाई राहत, धादिङको रिठ्ठावोटे आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

    काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–६ स्थित श्री रिठ्ठावोटे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।

    विद्यालय परिसरमा  पुस २८ गते (आज)आयोजित कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो।

    कार्यक्रममा वडा नं. ६ का अध्यक्ष भक्त बहादुर तामाङ, वडा नं. ८ का अध्यक्ष, देवराज ओझा, अनिल श्रेष्ठ, नविन खड्का, विद्यार्थीका अभिभावकहरू तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमअन्तर्गत विद्यालयमा इसीडि देखि कक्षा ६ सम्म अध्ययनरत ७१ जना गरिब तथा जेहेन्दार तामाङ समुदायका छात्र–छात्राहरूलाई जाडोबाट जोगिन न्यानो पोशाक वितरण गरिएको हो।

    जाडो याममा विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनलाई ध्यानमा राखी गरिएको यो सहयोगले बालबालिकामा उत्साह थपिएको विद्यालयले जनाएको छ।

    न्यानो कपडा वितरण कार्यक्रमका लागि निभा विल्डर्स एण्ड सप्लायर्स प्रा.लि. का संचालकद्वय सफल व्यवसायी तथा सहयोगी मनका धनी अनिल श्रेष्ठ र नविन खड्काले अतुलनीय योगदान पुऱ्याएका छन्। विद्यालयको तर्फबाट तथा व्यक्तिगत रूपमा उनीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।

    विद्यालय परिवारले यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ।

    साथै, सहयोगदाताहरूको सु–स्वास्थ्य, निरन्तर प्रगति र उच्च सफलताको कामना गर्दै कार्यक्रम समापन गरिएको विद्यालयले जनाएको छ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.