• समाजसेवी रमेश रेग्मीको सहयोगमा निशुल्क स्काउट युनिफर्म वितरण तथा हैबुङ्मा अक्षयकोष स्थापना

    काठमाडौँ। समाजसेवी रमेश रेग्मीको सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित तेज विनायक माध्यमिक विद्यालयमा नेपाल स्काउट तेज विनायक स्काउट ट्रुपका ३२ जना विद्यार्थीलाई निशुल्क स्काउट युनिफर्म वितरण गरिएको छ। सो अवसरमा विद्यालयमा प्रथम स्काउट दीक्षान्त समारोहसमेत सम्पन्न भएको छ।

    नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका दल समितिका सदस्यसमेत रहेका रेग्मीले विद्यार्थीहरूलाई स्काउट युनिफर्म वितरण गर्दै दीक्षान्त प्रदान गरेका हुन्।

    कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङको महत्व, अनुशासन, नेतृत्व विकास र सामाजिक जिम्मेवारीबारे प्रशिक्षण तथा मार्गदर्शन दिएका थिए।

    समाजसेवी रेग्मीले स्काउटिङले विद्यार्थीहरूमा सेवाभाव, अनुशासन र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्‍याउने बताउँदै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिफर्म वितरण गरिएको उल्लेख गरे।

    तेज विनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम कुमार श्रेष्ठले रेग्मीको योगदानको प्रशंसा गर्दै स्काउट कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

    यसै क्रममा समाजसेवी रेग्मीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ स्थित श्री हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि रु. १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

    विद्यालयका प्रधानाध्यापक राजकुमार लामिछानेले उक्त अक्षयकोषले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, मेलम्ची नगरपालिका–३ का वडाध्यक्ष कुमार बन्जाराले अक्षयकोषले स्थानीय विद्यार्थीहरूको शैक्षिक प्रगति र प्रोत्साहनमा दीर्घकालीन प्रभाव पार्ने बताए।

    विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त हुने आम्दानी विद्यार्थीहरूको शैक्षिक सहयोग तथा विकाससम्बन्धी कार्यक्रममा खर्च गर्ने जनाएका छन ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.