• बससेवाबाट टिकट काट्दा खसी उपहार

    काठमाडौैं

    यस वर्षको दशैँमा बससेवाले @bussewa मोबाइल एप्लिकेसन र bussewa.com.np बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।

    बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।

    बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उहाँको भनाइ छ ।

    बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका हवाइ उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।

    What’s your Reaction?
    +1
    5
    +1
    15
    +1
    0
    +1
    25
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.