• बुढासुब्बा गोल्डकप प्रतियोगिता : आरटीसी क्लब भुटान सेमिफाइनलमा

    काठमाडौं । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


    भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
    भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।
    दोस्रो हाफको ९ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए ।


    दोस्रो हाफको ५३ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे ।
    खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
    तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारिरीक रुपम ाबलियो देखिन्थ्यो ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.