• धनुषामा ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप लगाउने तयारी

    जनकपुर । धनुषाका ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) दिइने भएको छ ।

    जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।

    शनिबार जनकपुरधाममा आयोजित एचपीभी खोप सम्बन्धी संचारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख यादवले जिल्लामा माघ २३ गतेदेखि पहिलो चरणको खोप अभियान संचालन गरिने जानकारी दिए ।

    पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका, मुखियापपट्टी मुसहरनियाँ गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन रामविनेही यादवले बताए ।

    दोश्रो चरणमा धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकामा एचपीभी खोप लगाउने तयारी रहेको छ । फागुन १ देखि ६ गतेसम्म जिल्लामा दोश्रो चरणको खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

    नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । नेपाल सरकारले आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ ।

    संस्थागत र सामुदायिक गरी ३ सय ७० विद्यालयमा कक्षा ६ देखि १० सम्मका किशोरीलाई उक्त खोप लगाउने तयारी रहेको छ ।

    विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।

    सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.