• काठमाडौंको न्यूनतम तापक्रम घट्यो

    काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।

    बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो ।

    बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन  भएको थियो ।  शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो  लाग्न सक्ने छ ।

    एक साताअघि शुक्रबार  काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।

    त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.