• आइटी क्षेत्रमा हामी पछि पर्यौं : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् ।

    बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस बर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।

    उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस बर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एवम आट्रिफिसियल इन्टेलिजेन्स(एआइ)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धि ऐन पनि बनाउछौं ।’

    मन्त्री गुरुङले आइटी क्षेत्रको बिकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए । 

    उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरु कसरी बिकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं । यसका लागि पूर्वधारको तयारी गरिरहेका छौ । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौ । यसलाई हामीले सबै प्रदेशहरुमा गर्ने छौ । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ ।’

    मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरुले काम गर्न नपाएको पनि बताए

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.