• ललितपुरको टिकाथलीमा ‘मन्डला पर्क रेस्टो’ काे उद्घाटन, आजदेखि औपचारिक रूपमा सञ्चालन

    काठमाडाैँ । ललितपुर महानगरपालिकाकाे टिकाथलीमा आजदेखि ‘मन्डला पर्क रेस्टो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। रेस्टुरेन्टका सञ्चालक सुभाष थापाले एक विशेष कार्यक्रमबिच नयाँ आतिथ्य गन्तव्यको सुरुवात गरेका हुन्।

    सुभाष थापाले टिकाथली क्षेत्रमा गुणस्तरीय खाना, पारिवारिक वातावरण र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यसहित ‘मन्डला पर्क रेस्टो’ स्थापना गरिएको बताए।

    पछिल्लो समय ललितपुर आसपास बसोबास बढ्दै गएको र परिवार तथा युवापुस्ताले सहज रूपमा बस्न, खान र सानो–ठूलो भेटघाट गर्न मिल्ने स्थानको आवश्यकता महसुस भएकाले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

    उनका अनुसार रेस्टोमा नेपाली परिकारसँगै कन्टिनेन्टल तथा फास्टफुडका परिकार उपलब्ध गराइनेछ। “हामीले स्वाद र सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका छौं,” थापाले भने, “ग्राहकले सन्तुष्ट भएर फर्किनु नै हाम्रो सफलताको आधार हो।” उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसमेत राखिएको जानकारी दिए।

    थापाले टिकाथली क्षेत्रलाई भविष्यमा व्यवस्थित आवासीय र व्यावसायिक केन्द्रका रूपमा विकास हुने सम्भावना देखिएको उल्लेख गर्दै ‘मन्डला पर्क रेस्टो’लाई सोही सम्भावनासँग जोडिएको परियोजनाका रूपमा अघि बढाइएको बताए। “हामी केवल व्यापार गर्न आएको होइनौं, यहाँको सामाजिक वातावरणसँग घुलमिल हुने गरी सेवा दिन चाहन्छौं,” उनले भने।

    रेस्टोमा पारिवारिक जमघट, जन्मदिन, वार्षिकोत्सव लगायतका कार्यक्रमका लागि छुट्टै व्यवस्थासमेत गरिएको सञ्चालक थापाले जानकारी दिए। सुरुवाती चरणमा विशेष छुट तथा अफरहरू पनि राखिएको उनले बताए।

    स्थानीयवासीले नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएपछि टिकाथली क्षेत्रमा थप व्यावसायिक गतिविधि बढ्ने अपेक्षा व्यक्त गरेका छन्। सञ्चालक थापाले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकको सुझावअनुसार परिकार र सेवा थप परिष्कृत गर्ने प्रतिबद्धता जनाएका छन्।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.