• बाल गीताञ्जली स्कुलको खेलकुद महोत्सव–२०८२ उत्साहपूर्वक सम्पन्न

    काठमाडाैँ । बाल गीताञ्जली स्कुलमा सञ्चालन भएको खेलकुद महोत्सव–२०८२ शुक्रबार सम्पन्न भएको छ। कागेश्वरी मनोहरा नगरपालिकास्थित विद्यालयमा बिहीबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म उत्साह, उमंग र हर्षोल्लासका साथ मनाइएको विद्यालय प्रशासनले जनाएको छ।

    पहिलो दिन उद्घाटन समारोहसँगै विद्यार्थीहरूले आत्मविश्वास र गौरवका साथ मार्चपास गर्दै कार्यक्रमको सुरुवात गरेका थिए। साना विद्यार्थीहरूको अनुशासन, एकरूपता र टिम भावना देखेर अभिभावक तथा शिक्षकहरू उत्साहित बनेका थिए। ट्र्याक दौड तथा हाउसस्तरीय विभिन्न प्रतिस्पर्धाबाट सुरु भएको खेल गतिविधिले विद्यालय परिसरमा प्रतिस्पर्धात्मक तर मैत्रीपूर्ण वातावरण सिर्जना गरेको थियो।

    दोस्रो दिन विभिन्न विधाका खेलहरू सञ्चालन गरिएका थिए। ब्याडमिन्टन, सटपुट, हाई जम्प, लङ जम्प, टग अफ वार, १००, २०० र ४०० मिटर दौड, क्याच द स्टिक, बेलुन डान्स, बेलुन ब्लास्ट, ब्यालेन्सिङ गेम्स, चकलेट रेस तथा ‘चुज द कलर बल्स’ जस्ता खेलहरूमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको विद्यालयले जनाएको छ। उमेरअनुसार समूह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो।

    विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले खेलकुदले विद्यार्थीको शारीरिक मात्र नभई मानसिक र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार खेलकुदले आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र सहकार्यको भावना विकास गराउँछ। “हामी विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउँदै समग्र विकासमा जोड दिइरहेका छौँ,” उनले भने।

    दुई दिनसम्म चलेको महोत्सवमा प्रतिस्पर्धासँगै सहकार्य, मित्रता र सकारात्मक सोचलाई प्राथमिकता दिइएको शिक्षकहरूको भनाइ छ। उत्साहपूर्ण सहभागिता र ऊर्जाशील वातावरणका बीच सम्पन्न खेलकुद महोत्सव–२०८२ विद्यार्थीका लागि स्मरणीय बनेको विद्यालयले जनाएको छ।

    What’s your Reaction?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.