• साना तथा मझौला व्यवसायी महासंघमा भ्रमपूर्ण प्रचारप्रति अध्यक्ष पौडेलको ध्यानाकर्षण, कसैलाई भ्रममा नपर्न आग्रह

    काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष ईनु पौडेलले महासंघको नाममा भइरहेको भ्रमपूर्ण प्रचारप्रति ध्यानाकर्षण भएको बताएकी छन् ।

    आज पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले पूर्व अध्यक्ष हरिभक्त पराजुलीले आफू अझै महासंघको अध्यक्ष रहेको भनी भ्रम फैलाइरहेको दाबी गरिन्। उनले भनिन्, “श्री पराजुली हाल साना तथा मझौला व्यवसायी महासंघ नेपालको कुनै पनि पद वा जिम्मेवारीमा रहनुभएको छैन। उहाँसँग महासंघको तर्फबाट कुनै कानुनी, आर्थिक, प्रशासनिक वा संस्थागत अधिकार छैन।”

    अध्यक्ष पौडेलले पूर्व अध्यक्ष पराजुलीले विभिन्न जिल्ला, प्रदेश, सरकारी तथा गैरसरकारी निकायहरूमा आफू अध्यक्ष भएको दाबी गर्दै पत्राचार र प्रचार गरिरहेको सूचनाका आधारमा कसैलाई भ्रममा नपर्न आग्रह गरिन् ।

    महासंघले आफ्नो विधान र प्रचलित कानुनअनुसार संस्थागत मर्यादा र पारदर्शिता कायम राख्न प्रतिबद्ध रहेको बताएको छ। “विधानविपरीतका कार्यहरू जारी रहेमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइनेछ। यदि पराजुलीले महासंघको लेटरहेड, छाप वा पहिचान प्रयोग गरी कुनै गतिविधि गरेमा त्यसको जिम्मेवारी उहाँ स्वयं लिनुपर्नेछ,”महासंघले भनेकाे छ ।

    देशको वर्तमान आर्थिक अवस्था र साना व्यवसायीको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष पौडेलले नेपालका ८० प्रतिशतभन्दा बढी व्यवसायीहरू साना तथा मझौला क्षेत्रमा आबद्ध रहेको जानकारी दिइन्। उनले भनिन्, “नेपालको अर्थतन्त्र महलले होइन, झुपडीले टिकेको छ। दुई तिहाइभन्दा बढी रोजगारी र उत्पादनको क्षेत्र सम्हालिरहेका साना व्यवसायीको संरक्षण गर्नु नै देशको भविष्य सुरक्षित गर्नु हो।”

    पत्रकार सम्मेलनमा महासंघका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि उपस्थिति थियो।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.