काठमाडौँ । लोकदोहोरी क्षेत्रमा शिब थापा मगरको नयाँ प्रस्तुति ‘बन्दीपूरबजार बोलको गीत’ सार्वजनिक भएको छ। शिव थापा मगर युउटुव च्यानललबाट पुस १२ गते शिनबार गित सार्वजनिक भएकाे हाे ।
१२ मिनेट ३३ सेकेन्ड लामो यस लोकदोहोरी गीतमा शिब थापा मगर र निर्जला गुरुङकाे स्वर रहेकाे छ । गीतको शब्द तथा लय स्वयं शिब थापा मगरकै रहेको छ। गितकाे एरेन्ज, मिक्सिङको काम भने रबि सुनारले गरेका छन्।

ओ टु स्टुडियो, कपुरधारामा रेकर्ड गरिएको यस गीतले बन्दीपूरबजारको सांस्कृतिक र सामाजिक जीवनशैलीलाई मायाप्रमका मार्फत उजागर गरिएकाे छ । लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको यस प्रकारका सिर्जनाले नेपाली लोकदोहोरी संगीतलाई अझ समृद्ध बनाउने विश्वास लिइएको छ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

