

काठमाडौैं
यस वर्षको दशैँमा बससेवाले @bussewa मोबाइल एप्लिकेसन र bussewa.com.np बाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।

बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।
बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उहाँको भनाइ छ ।
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका हवाइ उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।
