• सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

    काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।

    एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउँने गर्छन् ।  

    गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलिले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ ।

    संकल्प भुजेलले खिचेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भिडियो निर्देशन दिमेश श्रेष्ठले गरेका छन् । भिडियो कन्सेप्ट पनि निर्देशक स्वयंको रहेको छ ।

    Video Link: https://youtu.be/2y6EcWAmCvU?si=1Cou2S-PILj1GLCN

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.