• सुसेला काव्यशालामा सुनिए नारायण ढकाल


    काठमाडौँ। सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकाल सुनिएका छन्। सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलस्थित उजामा क्याफेमा ढकालका कवितासहित साङ्गीति प्रस्तुति गरिएको थियो।


    कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो। जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो।


    जीवनका आयामहरुमा ५ दशक लामो समयसम्म कतै न कतै सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञ, सांसदलगायत विभिन्न पहिचान बनाएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायतका पुस्तकहरु प्रकाशित छन्।


    साङ्गीतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा उपस्थित भई कविता बाचन गर्दा आफूलाई फरक अनुभूति भएको बताउँदै ढकालले कार्यक्रमको प्रशंसा गरेका थिए।


    खगेन्द्र सङ्ग्रौला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदबिक्रम केसीलगायतको उपस्थित रहेको थियो।


    दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार गर्नेगरी सुरु भएको सुसेला काव्यशाला आगामी दिनमा नियमित हुने आयोजक समूहले जनाएको छ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.