

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको विशाल पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसमा रमाइरहेको पाण्डाको भिडियोप्रति मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । बांसको सानो टोकरीसँग पाण्डाका बच्चाहरू खेलिरहेको देश्य निकै रुचाइएको छ ।
पाण्डाहरूको लागि बेसको मुनलाइट डेलिभरी हाउसमा खिचिएको थियो । र यसले टोकरीभित्र र बाहिर पाण्डाहरूले निकै चंचलता प्रदर्शन गरेका छन् ।

प्राकृतिक व्यवहारलाई बढावा दिन, पाण्डाहरूको शारीरिक र मनोवैज्ञानिक आवश्यकताहरू पूरा गर्ने उद्देश्यले पाण्डाहरूलाई टोकरी उपलब्ध गराइएको छ ।
पाण्डा प्रजननको चेङ्दु रिसर्च बेस विशाल पाण्डा, रेड पाण्डा र चीनमा रहेका अन्य लोपोन्मुख प्रजातिहरूको संरक्षणमा समर्पित विश्वव्यापी रूपमा मान्यता प्राप्त संस्था हो।(सीसीटीभी प्लस)
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।
