• सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

    २०८१ माघ २१, सोमबार १९:१८ मा प्रकाशित

    काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् ।


    देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।


    उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नुपर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराइरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’


    उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको बताए । उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए ।


    ‘यो एउटा प्रयासरत व्यक्तिको भोगाई हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने । ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को बजार मुल्य ३ सय ९९ राखिएको छ ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.