• प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी

    रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

    आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

    उक्त मुद्दामा आइतवार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो ।

    रौतहट  जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भु प्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए ।

    उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्ण पाठ आउन समय लाग्नेछ । इजलाशबाट पूर्ण पाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए । आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.