• न्यायालय स्वतन्त्र भएन भने मुलुक बन्न सक्दैन : भीमार्जुन आचार्य

    विराटनगर । संविधानविद् भिमार्जुन आचार्यले वर्तमान संविधानको नाममा नै समस्या रहेको बताएका छन् ।

    विहिबार नेपाल डेमोक्याटिक लयर्स यसोसियसन र पेशागत बुद्धिजिवि बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवस्यक्ता र चुनौती विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले भने,‘हाम्रो संविधानमा भाषाको सुद्धासुद्धि समेत छैन । संविधानमा पूर्णविराम कमाको समेत महत्व रहेको हुन्छ । न्यायालयको स्वतन्त्रताले मात्र मुलुकको अस्तित्व बच्ने उनले बचाए । न्याय परिसदमा बारको प्रतिनिधि बनाउने जुन दिनबाट निर्णय भयो त्यहाँबाट नै नेपालको दुरदा सुरु भएको हो । उनले भने, नेपालको दुरगतीको कारण न्यायालयमा भएको व्यथिती नै भएकाले न्यायालय स्वतन्त्र भएन भने मूलुक बन्न सक्दैन ।’

    आचार्यले प्रदेश सरकारको औचित्य, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा प्रतिनिधिसभाको संख्याको कम बनाउने लगाएतका कुरामा पनि सोच्नुपर्ने बताए । संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको उल्लेख गरेका आचार्यले जापान र अमेरिकाको संविधानको बारेमा चर्चा गरेका छन् ।

    संविधान प्रत्येक व्यक्तिको नजरमा आआफ्नो व्याख्या हुने गरेको उल्लेख गर्दै आचार्यले सबैको एक दस्तावेज संविधान बन्नुपर्ने कुरालाई जोड दिएका छन् । आचार्यले थपे ‘संविधान संसोधनको कुरा भइरहेको बेला हामीले सबैतिरबाट खबरदारी गरेर संविधानलाई एक बनाउँन जरुरी रहेको छ ।’

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.