• नेदरल्याण्ड्ससँग नेपाल पराजित

    काठमाडौं । त्रिकोणात्मक महिला टी ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ ।

    विहीबार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गरेको हो । नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको थियो भने नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाएको हो ।

    सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं र नेदरल्याण्ड्स १६औं स्थानमा छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    नेदरल्याण्ड्सले दोस्रो खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.