

नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ आजदेखि १३ फेब्रुअरी २०२५ सम्म खुला रहनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड (१२/२५६ जीबीबाट १२/५१२ जीबी) पाउनेछन् । साथै, ग्यालेक्सी बड्स थ्री प्रो (वास्तविक मूल्य ३१ हजार ९९९) मात्र १४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस्तै, तीन हजार ३९९ रुपैयाँ पर्ने सिलिकन कभर १५ सय रुपैयाँमै किन्न सकिनेछ ।
नेपालमा ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जीबीको मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो मोडेल टाइटानियम सिल्भर ब्लु, टाइटानियम ह्वाइटसिल्भर र टाइटानियम ब्ल्याक रङमा उपलब्ध छ ।

ग्यालेक्सी एस २५ प्लस १२/२५६ जीबीको मूल्य एक लाख ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ, जुन नेभी र सिल्भर स्याडो रङमा पाइनेछ । ग्यालेक्सी एस २५ १२/५१२ जीबीको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य एक लाख ४ हजार ९९९ रुपैयाँ हुनेछ । यो आईसी ब्लु र सिल्भर स्याडो रङमा उपलब्ध हुनेछ ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।
