• नेपाल टेलिभिजन आजदेखि ४१औं वर्षमा प्रवेश

    काठमाडौं।प्रसारण पत्रकारिताको विश्वविद्यालयका रुपमा रहेको मुलुकको पहिलो टेलिभिजन नेपाल टेलिभिजन आजदेखि ४१ औं वर्षमा प्रवेश गरेको छ ।

    नीति, प्रविधि, प्रवृत्ति र अभ्यासमा आएको परिवर्तनलाई आत्मसात् गर्दै आएको नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएसँगै राज्यप्रति झन् बढी जवाफदेही र नागरिकप्रति अझ धेरै जिम्मेवार हुने प्रण गरेको छ ।

    २०४१ माघ १७ गते विकासका लागि सञ्चार भन्ने नारासहित एउटा परियोजनाका रुपमा सुरु भएको नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारणसँगै देशको अग्रणी श्रव्यदृष्य प्रसारण संस्था हो ।

    अहिले नेपालमा हेरिने तमाम टेलिभिजन च्यानलको जननी नेपाल टेलिभिजन प्रसारण पत्रकारिताको विश्वविद्यालय पनि हो । नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज, एनटिभी कोहलपुर र एनटिभी इटहरी नेपाली मनका ढुकढुकी त हुँदै हुन्, निष्पक्ष, तटस्थ र तथ्यपरक सूचनाका श्रोतहरु पनि हुन् ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.