• सिटी च्याम्पियन्स लिगको प्ले अफमा

    काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ ।

    बेल्जियमको क्लबबर्गलाई बुधवार ३–१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो ।

    सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो ।  सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो ।

    पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो ।

    दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

    ६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो ।

    ८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.