• एच.पि.भी खोप अभियानका लागि नायिका कोईरालालाई सद्ववाना दूत घोषणा

    काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि नायिका मनिषा कोईरालालाई सद्ववाना दूत घोषणा गरिएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको हो ।

    सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावि पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए । 

    उनले भने, ‘हामीले नेपाललाई सबै खाले क्यानसर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौ । उपचारको क्षेत्रमा मात्र होईन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ । नेपालका महिलाहरु सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ । हाम्रो भावि पुस्ता यो समस्याबाट मुक्त होस भनेर हामीले एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरुवात गरेका हौ ।’

    यसको साथै, उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए ।

    यस्तै, नायिका मनिषा कोईरालाले पनि आफै पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने एकदमै ठूलो काम हुने बताइन् ।

    उनले भनिन्, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु । किनभने म आफै पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो । त्यसकारण स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ । हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने यो एकदमै ठूलो कुरा हो ।’

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.