• सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो


    एजेन्सी । अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ ।
    रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
    सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो ।
    विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र चार जना चालक दलका सदस्य थिए भने सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको सीसीटीभीप्लसको समाचारमा उल्लेख छ ।
    बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.