पुस, काठमाडौँ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मिराज ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम घोषणा गरेको छ । मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि आन्दोलन गर्न बाध्य भएको बताए ।
सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ ढुंगानाले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन आजको आवश्यकता हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ ।
‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ उनले भने ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।








