March 3, 2024

तिमी र म बिचको फरक

 

निर्देश रेग्मी

 

तिमी मेरो देश भन्छौं , म हाम्रो देश भन्छु

किनकि यो देश तिम्रो मात्र हैन हाम्रो पनि हो ।

 

तिमी मेरो सरकार भन्छौं म हाम्रो सरकार भन्छु

किनकि यो सरकार तिम्रो मात्र हैन हाम्रो पनि हो ।

 

तिमी मेरो सरकारले गरेको सबै राम्रो भन्छौं म त्यसो हैन भन्छु

किनकि यो सरकारले गरेको सबै काम राम्रो मात्र हैन नराम्रो पनि हो ।

 

नराम्रो कुन अर्थमा तिमी सोधउला म भन्छु

हिजोको जनसंख्या हेर,

हिजोको रोजगारीको अवसर हेर

हिजोको खुसी हेर

हिजोको देशप्रतिको माया हेर

हिजोको युवा जोस हेर अनि

अनि

आजको गरिबी हेर

आजको मलिन अनुहारहरू हेर

आज पासपोर्ट लिने को भीड हेर

आजको जनताको गुनासो हेर

आजको काठको बाकस हेर,

त्यसपछि

भोलिको देशको अन्धकार भविष्य हेर।

 

त्यसैले त

तिमीले जय नेपाल , लाल सलाम भन्दा म जय देश जय स्वाभिमान भन्छु ,

त्यसैले त

तिमीले बोली मात्र रहँदा , म तिम्रो झोले वचन सुनी मात्र रहन्छु

अनि

तिमी यही देशमा चिल्लो गाडी चड्दा , म खाडी मुलुकमा बालुवा चाल्दै हुन्छु।

 

तिमी र म बिचमा धेरै फरक छ।।

किनकि

तिमी मेरो देश भन्छौ म हाम्रो देश भन्छु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *