March 3, 2024

एसएसपी भुपेन्द्र खत्रीले सम्हाले काठमाडौं प्रहरीको कमाण्ड

0

काठमाडौं। प्रहरी महानिरीक्षकको सचिवालयबाट काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले काठमाडौँ प्रहरीको कमाण्ड सम्हालेका छन्। आज (शुक्रबार) टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंले एसएसपी खत्रीलाई सलामीसहित बिशेष स्वागत गरेको छ।

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरी प्रमुखमा सरुवा गरेको थियो । नेपाल प्रहरीको चर्चित ११२ समुहका उनि एसएसपीको बरियतामा दोस्रो नम्बरमा छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। डीएसपी हुँदा नगर प्रहरी कार्यालय काठमाडौंको नेतृत्व गरेका उनी धेरैपटक आईजीपी सचिवालयमा रहेर कार्यसम्पादन गरिसकेका छन्।

रौतहटको प्रहरी प्रमुख हुँदा जिउँदो मान्छेलाई इटाभट्टामा जलाएर मार्ने काङ्ग्रेस नेता मोहम्मद अफताव आलमलाई पक्राउ गरेर मुद्दा चलाएका थिए। राजनीतिक शक्तिको आडमा अपराधकर्मबाट जोगिदै आएका आलम अहिले जेलमा छन्।

नेपाल प्रहरीमा निडर र  ब्यबसायिक प्रहरी अधिकृतको परिचय बनाएका एसएसपी खत्रीको काठमाडौँको सुरक्षा कमाण्ड सम्हालेपछि काठमाडौँको पुलिसिङमा ब्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । भ्रष्ट्राचार र घुसखोरी  बिरुद्ध कठोर रुपमा प्रस्तुत हुने खत्रीको काठमाडौँ आगमनसंगै घुस्याहा प्रहरी कर्मचारीहरुको निदहराम भएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *